वि.सं:
नेपाल संवत: ११४५ पोहेलागा अष्टमी - २३
कार्यालयको परिचय र अवस्थिति
हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयको (साविकको केन्द्रीय तथ्याङ्क विभाग) स्थापना तथ्याङ्क ऐन, २०१५ बमोजिम वि.स. २०१५ साल मार्ग १५ गते भएको हो।तथ्याङ्क ऐन, २०१५ र तथ्याङ्क नियमावली २०४१ मा ब्यवस्था भए बमोजिम केन्द्रीय तथ्याङ्क विभागको कार्य सम्पादनमा सहयोग पुर्याउने उद्देश्यले दाङ र सल्यान दुई जिल्ला कार्य क्षेत्र हुने गरी तथ्याङ्क कार्यालय, दाङको स्थापना वि.स. २०५० साल भदौ १ गते भएको हो।स्थापना कालमा यस कार्यालयको नाम शाखा तथ्याङ्क कार्यालय रहेकोमा आर्थिक वर्ष २०७१/०७२ देखि कार्यालयको नाम परिवर्तन भई तथ्याङ्क कार्यालय, दाङ भएको छ।तथ्याङ्क ऐन, २०७९ जारी भएपछि साविकको केन्द्रीय तथ्याङ्क विभागको नाम परिवर्तन भई सचिव स्तरको कार्यालय प्रमुख रहने ब्यवस्था गरिएको छ।हाल यो कार्यालय लुम्विनी प्रदेशको राजधानी रहेको जिल्ला दाङ जिल्लाको सदरमुकाम घोराही उपमहानगरपालिका-१५ स्थित अमृत टोलमा रहेको छ।
तथ्याङ्क कार्यालयको स्थापनापछि स्थानीय स्तरमा राष्ट्रिय तथ्याङ्क कार्यालयबाट सञ्चालन हुने गणना एवं सर्वेक्षणहरूमा सहयोगी भुमिका निभाउनुको अतिरिक्त कार्यालयको आफ्नै पहलमा पनि कार्यक्रम सञ्चालन हुँदै आएका छन्। जिल्ला स्तरमा यस कार्यालयले सेवाग्राही जनताहरूलार्इ सर्व सुलभरूपमा निःशुल्क तथ्याङ्क सेवा उपलब्ध गराउदै आएको छ। यस कार्यालयको स्थापना पश्चात स्थानीय स्तरमा तथ्याङ्कीय गतिविधीमा बृद्धि हुदै गएको छ।